रास्वपाको संसदीय दलको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक आज दिउँसो बस्दै छ ।

रास्वपाको संसदीय दलकी सचेतक निशा डाँगीले आज पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने जानकारी दिइन् ।

उनले बैठकमा संसदीय दलको विधान र संसद्को आगामी अविधेशनबारे छलफल हुने बताइन् ।

‘आज अपराह्न चार बजे संसदीय दलको बैठक बस्ने तय भएको छ । संसदीय दलको विधान र संसदको आगामी अधिवेशनलगायत विविध विषय बैठकको एजेन्डा छन्,’ सचेतक डाँगीले भनिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर