भारतको जोगबनीमा विराटनगरका युवकमाथि गोली प्रहार

मोरङको विराटनगरस्थित नेपाल–भारत सीमामा एक युवकमाथि गोली प्रहार भएकाे छ। उक्त घटनामा विराटनगर महानगरपालिका–८, मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका छन् । कोशी अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार भारतको जोगबनी क्षेत्रमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो। संग्रौलाको बायाँ तिघ्रामा गोली लागेको बताइएको छ। उनी खाद्यसामग्री किन्न जोगबनी गएको भन्ने बुझिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

रेल्वे स्टेसनतिर समूहमा रहेका ६ युवासँग जम्काभेट भएको र सोही क्रममा वादविवाद हुँदा आफूमाथि गोली प्रहार गरिएको संग्रौलाले बताएका छन्। कोशी अस्पतालका मेडिकल अफिसर डा. तुलसी गोइतले संग्रौलाको तिघ्रामा गोलीजस्तो वस्तु एक्सरेका क्रममा देखिएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *