अर्घाखाँचीमा ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । महेन्द्र राजमार्गको शीतगङ्गा-८, सातमाराको राप्ति पुल नजिकै ना ६ ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा ट्रकका चालक चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका-१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए । उनीहरूको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु प्रहरी निरीक्षक रिजालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर