विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित केही विदेशी नागरिक पक्राउ परेका छन् ।

फ्लाई दुबईको जहाज चढेर काठमाडौं आएका इजिप्ट र सुडानका नागरिकहरुलाई भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुनसहित पक्राउ गरेको हो ।

सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको प्रहरीले पुष्टि गरेकाे छ ।

विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दका अनुसार बरामद भएको सुन अर्धठोस अवस्थामा छ । उनीहरुले हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएकाे प्रहरीले बताएकाे छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएराति ११ः५१ बजे अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट काठमाडौं आएका उनीहरु चेकजाँचको क्रममा राति १२ः४५ बजे पक्राउ परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *