राष्ट्रिय एकता अभियानको महोत्तरी तदर्थ समिति गठन

संघीय हिन्दू गणतान्त्रिक देश स्थापनार्थ एवं चिनियाँ विस्तारवाद र जिहादी अतिवादका विरूद्ध कार्य गर्दै आएको ‘राष्ट्रिय एकता अभियान’ ले महेशकुमार यादवको अध्यक्षतामा ‘राष्ट्रिय एकता अभियान, महोत्तरी’ को जिल्ला तदर्थ समिति गठन गरेको छ।

अभियानको महोत्तरीका उपाध्यक्षद्वयमा मोहनकुमार पाण्डेय र दिनेश चौधरीलाई चयन गरिएको छ भने सचिवमा सुवास मिश्र, सहसचिवमा अजयकुमार झा, कोषाध्यक्षमा उपेन्द्र यादव तथा सदस्यहरूमा हरिनारायण दास, प्रमोदकुमार पाण्डेय, रामकुमार यादव, रामदयाल दास र कोपेन्द्र झा चयन भएका छन् ।

कार्यक्रममा राष्ट्रिय एकता अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले चिनियाँ विस्तारवाद र जिहादी अतिवादको विरोध गर्दै देशमा विद्यमान विभिन्न संस्कृति, भाषाभाषी तथा क्षेत्रलाई एकताबद्ध गर्दै संघीय हिन्दू गणतान्त्रिक देश स्थापना गर्न राष्ट्रिय एकता अभियानले अहोरात्र काम गर्दै आएको बताए।

उनले हिन्दू राष्ट्र स्थापनाको मागलाई राजा र राजसंस्थासँग जोडेर हेर्नुमा कुनै तारतम्य नरहेको बताउँदै संघीयता र गणतन्त्र ल्याउन देशले ठूलो मूल्य चुकाएको हुनाले अब राजाको औचित्य नरहेको बताए।

कार्यक्रममा अभियानका वरिष्ठ नेता बीपी यादव, अभियानका केन्द्रीय सदस्य जितेन्द्र दासलगायतका वक्ताले हिन्दू बाहुल्य देश, हिन्दू संस्कृति संरक्षण-संवर्द्धन गर्दै चिनियाँ विस्तारवादबाट बचाउन राष्ट्रियता बलियो बनाउनका लागि राष्ट्रिय एकता अभियानलाई मजबुत बनाउनुपर्ने अपरिहार्यता रहेको बताएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर