एनसेल प्रकरणमा प्रधानमन्त्री र स्वकीय सचिवको नाम मुछेर दुष्प्रचार गरियो : सचिवालय

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिवालयले तथ्य प्रमाणविना झुटा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । केही दिनअघि प्रधानमन्त्री र स्वकीय सचिवको नाम एनसेल प्रकरणमा मुछेर दुष्प्रचार गरिएको भन्दै सचिवालयले आपत्ति जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री र सचिवालयमाथि लगाइएका त्यस्ता आरोपको पुष्टि गर्न चुनौतीसमेत दिएका छन् । यसै विषयलाई लिएर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालबाट झुटा प्रचार भइरहेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले यसप्रकारका दुष्प्रचारबाट भ्रमित नहुन सबैमा आग्रह गरे ।

कानुनविपरीत एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि बढाउन सक्रिय समूह गैरकानुनी कार्य रोक्न लागिपरेको सरकारविरूद्ध नै झुटा प्रचारबाजीमा उत्रिएको भन्दै सल्लाहकार आचार्यले सरकारले एनसेलको अवैध कार्य रोक्ने र गैरकाननुनी कार्यमा संलग्नमाथि कडा कानुनी कारबाही गर्ने स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर