सुन, चाँदी र स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

काभ्रेपलाञ्चोकको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जना पक्राउ परेका छन् ।

ठूलो परिमाणमा सुन तथा चाँदी गालेर बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा नगरपालिका-७, वकुटोलस्थित एक घरमा डेरा गरी बस्ने भारतको महाराष्ट्र प्रदेश साङ्ली जिल्लाका ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार उनको साथबाट बिल नभएको सुन दुई सय ३५ दशमलव नौ ग्राम, एक हजार नौ सय एक दशमलव २६ ग्राम चाँदी, नेपाली रूपैयाँ पाँच लाख ७६ हजार र भारतीय रूपैयाँ २२ हजार बरामद गरिएको हो ।

साथै सुन जोख्ने तराजु, एभरेष्ट बैंक र नेपाल एसबीआई बैंकको चेकबुक, दुई थान मोबाइल फोन पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *