एमालेको संकल्प यात्रा लुम्बिनी प्रदेशमा, आज गुल्मीमा जनसभा

नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ लुम्बिनी प्रदेश आइपुगेको छ। अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा टोली सुदूरपश्चिम र कर्णालीको यात्रा सकेर मंगलबार साँझ लुम्बिनी प्रदेश प्रवेश गरेको हो।

पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो यात्राका क्रममा सबैभन्दा लामो दूरी १९२ किलोमिटर पार गरेर सुर्खेतबाट टोली पूर्वी रुकुम पुगेको हो।

गौतमका अनुसार अध्यक्ष ओलीले आज बिहान ९ बजे स्थानीय नेता कार्यकर्तासँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। गण्डकी प्रदेशको बागलुङस्थित बुर्तिबाङमा बिहानको खाना खाने तयारी छ। अध्यक्ष ओलीले आज लुकुम र खर्बाङमा स्थानीयबासिन्दासँग भेटघाट र अन्तरक्रिया गर्नेछन्। आज बागलुङ हुँदै दिउँसो ३ बजे गुल्मीको वामीटक्सारमा जनसभा तय गरिएको छ ।

नेकपा एमालेले मंसिर १४ गते देखि मध्यपहाडी राजमार्गको पश्चिमी सुरुवात बैतडीको झुलाघाटबाट पूर्वसीमा विन्दु पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *