एनसेल खरिद-बिक्रीबारे प्रधानमन्त्रीले गरे छलफल

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल खरिद-बिक्रीबारे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनका नेताहरूलगायतसँग मंगलबार साँझ छलफल गरेका हुन्।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महतलगायत सहभागी छन्।

मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *