भ्रष्टाचार मुद्दामा ६८ करोड जरिवाना र ३९ वर्ष कैद सजायका आरोपी मोरङबाट पक्राउ

जिल्ला प्रहरी कार्यालय मोरङले भ्रष्टाचार मुद्दाका पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

फरार प्रतिवादीहरूको खोजी तथा पक्राउका लागि जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मणिराज दाहाल, नयराज नेपाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाल छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।

विशेष अदालत काठमाडौंले राजस्व रकम हिनामिना कसुरमा २०७९ चैत ८ गते उनीहरू सबैलाई गरेर जम्मा ३९ वर्ष ५ महिना २३ दिन कैद र ६८ करोड ३२ लाख २२ हजार ३०८ रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

प्रहरीले उनीहरूलाई सोमबार नै मोरङ जिल्ला अदालतमा पेस गरी जरिवाना असुल गरेर अदालतको आदेशअनुसार कैद भुक्तानका लागि कारागार पठाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *