थाइल्याण्डमा रूखमा ठोक्किएर बस दुर्घटना, १४ जनाको मृत्यु, ३२ घाइते

थाइल्याण्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने अन्य ३२ जना घाइते भएका छन् ।

दक्षिण थाइल्याण्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रूखसँग ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु र ३२ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ जाँदै थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

थाइल्याण्ड संसारको सबैभन्दा धेरै सडक दुर्घटना हुने देशहरूमध्येकाे एक हाे। सडक दुर्घटनामा परी त्यहाँ प्रत्येक वर्ष हजारौंको मृत्यु हुने गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *