पर्सा प्रहरीले नियन्त्रणमा लियो साढे ६४ लाख बढीको सामान बोकेको ट्रक

जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजकभन्दा बढीको सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।

आइतबार राति वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-००५ ख ९८५१ नम्बरको मालवाहक ट्रक प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डबाट
नियन्त्रणमा लिएको हो ।

विशेष सूचनापछि खटिएको प्रहरी टोलीले ट्रकलाई रोकेर जाँच गर्ने क्रममा बिलबिज भन्दा बढीका मालवस्तुहरू लोड रहेको तथा सो बिलबिजक शंकास्पद पाइएको हो ।

प्रहरीले उक्त ट्रकमा लोड रहेका खुद्रा सामानको मूल्य ६४ लाख ६५ हजार ९२१ रूपैयाँ बराबर रहेको अनुमान गरेको छ ।

ट्रक र बरामद सामान थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सोमबार राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर