भारतीय वायुसेनाको विमान दुर्घटना, दुई जना पाइलटको मृत्यु

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई जना पाइलटको मृत्यु भएको छ ।

दुई जना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलंगानाको मेडक जिल्लाको टुप्रन सहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् ।

अधिकारीहरूका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान ८:५५ बजे सो दुर्घटना भएको हो । पाइलटहरूमा एक जना प्रशिक्षक र अर्का क्याडेट हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *