अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा थप दुई जना पक्राउ

प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ ।

आइतबार यही आरोपमा काठमाडौंका विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले सोमबार थप दुई जनालाई पक्राउ गरेको हो ।

सोमबार काभ्रेको भुम्लु घर भई काठमाडौंको लाजिम्पाट बस्ने २७ वर्षका सुरेशकुमार श्रेष्ठ र काठमाडौंको कलंकीका सूरज खड्का पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ ।

पक्राउ परेकाहरूहले अनलाइनमार्फत युवतीहरूको तस्बिर पठाउने, मोलमोलाइ गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर