ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर

बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए ।

‘यस वर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो,’ कँडेलले भने, ‘हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ । चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ ।’

हिमपातका कारण घोडा-खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न समेत गाह्रो भएको स्थानीय कुलबहादुर विकले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर