माओवादी महासचिव भन्छन्- कम्युनिष्टको एकता आजको आवश्यकता

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङले नेपालमा रहेका कम्युनिष्ट विचारधारा बोकेका राजनीतिक दलको एकता आजको आवश्यकता रहेको बताएका छन् । आज रूकुम पश्चिममा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सबै कम्युनिष्ट शक्ति एक हुन जरूरी रहेको बताए ।

‘पूर्वमाओवादी घटकको एकताको कुरा भइरहेको छ । सामाजवादी मोर्चामा पनि त्यो कुरा भएको छ । नेपाल समाजवादी पार्टीसँग एकता गर्न त कार्यदल नै निर्माण भएको छ । माओवादी केन्द्रको नेतृत्वमा नै पार्टी एकता हुन्छ,’ गुरूङले भने । जनताले पनि माओवादी घटक एक भएको हेर्न चाहेको उनले बताए ।

नेपालमा रहेका कम्युनिष्टमा वैचारिक कुरामा केही नमिले जस्तो देखिए पनि ती कुरालाई मिलाउन सकिने महासचिव गुरूङले बताए । ‘कम्युनिष्टमा अन्तरद्वन्द्व हुनु राम्रो होइन । यसले नेपालमा रहेका कम्युनिष्टलाई नै समस्या बनाउँछ । कुनै न कुनै समयमा हामी एक भएर काम गर्नु पर्छ,’ उनले भने ।

अहिलेको गठनबन्धनको सरकार तीन वर्ष टिक्ने गुरूङले दाबी गरे । ‘अहिलेको सरकार तीन वर्ष नै टिक्छ । यो सरकार ढाल्नलाई धेरै प्रयास भइरहेका छन् । तर त्यो काम सफल हुन सक्दैन । यो सरकारलाई जनताले रुचाएका छन् । सरकारले पनि जनमुखि काम गर्दै आएको छ,’ उनले भने । भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणमा सबै लाग्न जरुरी रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *