अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ५ जना पक्राउ

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको दरबारमार्ग, नयाँ बसपार्क, तिलिङटार, बानेश्वरलगायत ठाउँबाट अनलाइन मार्फत यौन व्यवसाय सञ्चालनमा संलग्नताको आरोपमा ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा-३ घर भई हाल ललितपुर बस्ने २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुंगाको लिखु गाउँपालिका-७ घर भई हाल कागेश्वरी मनोहरा बस्ने ३३ वर्षीय गोपाल थापा, सिन्धुलीको सुनकोशी गाउँपालिका-६ घर भई हाल काठमाडौंको कालोपुल बस्ने ४४ वर्षीय सेते सार्की, सल्यानको कपुरकोट-५ घर भई हाल काठमाडौंको बालाजु-१६ बस्ने २५ वर्षीय शिवराज परियार र नुवाकोटको विदुर नगरपालिका-६ घर भई हाल काठमाडौं महानगर–१६ बस्ने अमृत रोक्का छन् ।

पक्राउ परेका उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) एवं प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर