ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने निर्णय कार्यान्वयनका लागि समिति गठन

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भूमिस्थ प्रबन्ध सेवा (ग्राउण्ड ह्याण्डलिङ) प्रतिस्पर्धाका माध्यमबाट गर्ने प्रयोजनका लागि समिति बनाएको छ ।

प्राधिकरणका निर्देशक सुनिलकुमार कुशवाहाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिस्पर्धाका माध्यमबाट उक्त सेवा उपलब्ध गराउन सेवा प्रदायक संस्थाको छनोट गर्ने प्रयोजनका लागि बोलपत्रसम्बन्धी कागजातसमेत तयार पार्नेछ।

प्राधिकरणका अनुसार अन्य एयरलाइन्सले पनि ग्राउण्ड ह्याण्डलिङ सेवाका लागि प्रतिस्पर्धा गर्न सक्ने गरी निर्णय भएको छ ।

प्राधिकरणको यो निर्णयसँगै हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा खोसिन सक्ने अनुमान गरिएको छ ।

प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर