चरेस र अफिमसहित श्रीमान-श्रीमती पक्राउ

बाँकेको कोहलपुर नगरपालिका-८, पिपिरीबाट अवैध लागुऔषध चरेस १२ केजी ७ सय ४ ग्राम र अफिम २ केजी ४५ ग्रामसहित दम्पती पक्राउ परेका छन् ।

सोही ठाउँ बस्ने ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती ३३ वर्षीया कविता थापालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले लागुऔषध कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घर, कार तथा सोही ठाउँस्थित यज्ञ रानाको खाली घरमा समेत उनीहरूले लुकाइराखेको उक्त परिमाणको लागुऔषध बरामद भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चरेस र अफिम बोकेको गाडी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर