भारतको गाजियाबादमा कुकुर आतंक, २४ घण्टामा ४१ बालबालिकासहित २२१ जनालाई टोक्यो

भारतको उत्तर प्रदेश राज्यस्थित गाजियाबाद जिल्लामा भुस्याहा कुकुरले आतंक मच्चाएको छ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार त्यहाँ पछिल्लो २४ घण्टामा ४१ बालबालिकासहित २२१ जनालाई कुकुरले टोकेको छ र उनीहरूलाई रेबिजविरूद्धको खोप लगाइएको छ।

कुकुरले टोकेपछि जिल्ला एमएमजी अस्पतालमा सबैभन्दा बढी ९२ जनालाई एआरभी लगाइएको छ। खोपको दोस्रो र तेस्रो मात्रा लिनेको संख्या २७९ छ।

सेप्टेम्बरको पहिलो साता गाजियाबादको विजयनगरमा कुकुरको टोकाइबाट रेबिज लागेर १३ वर्षीय बालकको मृत्यु भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर