![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
१०० रूपैयाँ दरका १० हजार स्मारिका सिक्का छापिने
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![१०० रूपैयाँ दरका १० हजार स्मारिका सिक्का छापिने](https://www.pardafas.com/wp-content/uploads/2023/11/rekha-sharma-1.jpg)
सरकारले १०० रूपैयाँ दरका १० हजार थान स्मारिका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।
सरकारले सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गर्ने, स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनीलाई नियुक्त गर्ने र न्याय परिषदको सिफारिसमा विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने पनि निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।
यस्तै खाद्य तथा पोषण सुरक्षा आयोजना–२ का लागि विश्व बैंकमार्फत प्राप्त हुने दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने, नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गर्ने र रोमनियाको बुखारेष्टस्थित नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेललाई अवैतनिक वाणिज्यदूत पदबाट हटाउने पनि निर्णय भएको उनले जानकारी दिएकी छन् ।
प्रतिक्रिया