एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ सुरु

नेकपा एमालेकाे ‘झुलाघाट- चिवाभन्ज्याङ सङ्कल्प यात्रा’ सुरु भएको छ।  एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झुलाघाटमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर संकल्प यात्राको सुभारम्भ गरेका हुन्।

यात्राको लागि बुधबार नै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरू बैतडी पुगेका थिए। पार्टी अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा, महासचिव शंकर पोखरेलसहितका सबै पदाधिकारी र केन्द्रीय स्तरका अन्य नेताहरू बुधबार साँझ नै सदरमुकाम गोठलापानी आइपुगेका छन् ।

नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष कृष्ण प्रसाद जैशीका अनुसार झुलाघाटबाट सुरु भएको सङ्कल्प यात्रा मध्य पहाडी लोक मार्गमा तीन सातासम्म चल्नेछ । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर रहेको छ । पुस २ गते पाँचथरको चिवा झञ्ज्याङमा पुगेर यात्रा समापन हुने सुदूरपश्चिम अध्यक्ष जैशीले जानकारी दिए ।

झुलाघाटदेखि अछामको बेलखेतसम्म सुदूरपश्चिम प्रदेशको ३५८ किलोमिटर छिचोल्ने र सो अभियानमा २५० भन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहने बताइएको छ।  तीन सातासम्म जारी रहने पदयात्रामा मध्यपहाडी राजमार्ग क्षेत्रमा अवस्थित विभिन्न ठाउँमा सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाबारे छलफल र अन्तरक्रिया पनि गर्ने जनाइएकाे छ।

एमालेले स्थानीयबासीहरुसँग संवाद गर्न ,मध्यहाडका समस्या सुन्न र समाधानको पहल गर्न २१ दिन लामो मध्यपहाडी यात्रा तय गरेको हो। झुलाघाटबाट शुरु हुने यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुस २ गते समापन हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर