भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सीडीओको नेतृत्वमा सुरक्षाकर्मी खटाउने निर्णय

सरकारले जाजरकोट भूकम्प प्रभावितहरूका लागि अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आवास निर्माणमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले नेतृत्व गर्ने गरी आवश्यकताअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि परिचालन गर्ने निर्णय गरेको हो।

सो कार्यका लागि जिल्लामा जनशक्ति अपुग भएमा बाहिरबाट जनजनशक्ति उपलब्ध गराउने निर्णय पनि भएको सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

ग्त कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोटसहित रूकुम पश्चिम र बझाङमा पनि घरहरू भत्किएका छन्।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर