पहाड उक्लिए सिके राउत

गत निर्वाचनबाट मधेशमा उदाएको सिके राउत नेतृत्वको जनमत पार्टीले पहाडमा पनि आफ्नो प्रभाव बढाउन प्रयास थालेको छ। रास्वपा मधेश झरेका वेला राउत राहत सामग्रीसहित भूकम्प प्रभावित जाजरकोट उक्लिएका छन् । यद्यपि, उनको संगठन विस्तारको घोषित उद्देश्य भने छैन ।

जनमत पार्टीका सचिव बिपी शाहले पहाडमा संगठन विस्तारका लागि सुरुदेखि नै काम भइरहेको बताए ।

‘हामीले सुदूरपश्चिममा प्रदेश कमिटी गठन गरिसकेका छौँ,’ उनले भने, ‘कर्णालीमा पनि प्रदेश कमिटी बनाउने तयारीमा छौँ । कोशी प्रदेशकोे इलाम, पाँचथर, ताप्लेजुङमा पनि कमिटी गठनको तयारी छ । झापा, मोरङ, सुनसरीमा त हामी पहिलेदेखि नै छौँ । यसबाहेक अन्य क्षेत्रमा खासै काम गर्न सकेका छैनौँ । तर, संगठन विस्तारका लागि इच्छुक र सक्षमलाई खुला रूपमा आह्वान गरिरहेका छौँ ।’

‘संसदीय समितिको सदस्य पनि भएकाले मानवीय हिसाबले भूकम्प प्रभावित क्षेत्रमा आएको हुँ । ०७२ को भूकम्पका वेला पनि राहत पठाएका थियौँ । देशमा कतै समस्या भयो भने हामी चिन्तित हुन्छौँ । यहाँ(जाजरकोट)का जनताबाट तपाईंलाई टिभीमा देखेको थिएँ, इन्टरभ्युमा देखेको थिएँ भन्ने सकारात्मक प्रतिक्रिया पाइरहेको छु’, राउतले भने  ‘पहाडमा संगठन धेरै विस्तार गर्न पाएका छैनौँ, तर गर्ने नै छौँ ।  अरू मधेश झर्दा हामी पहाड त उक्लिने नै हो।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर