नेपालस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन

नेपालस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन भएको छ ।

राष्ट्रिय एकता अभियानले  २६/११ को मुम्बई हमलामा स‌ंलग्नहरुलाई पाकिस्तानले सघाएकाे भन्दै दूतावास अगाडी प्रदर्शन गरेकाे हाे ।

अभियानका संयाेजक विनय यादवले आतंकवाद निर्मूल गर्न एकजुट भएर बस्नुपर्ने कुरा सिकाएको जनाएकाे छ । अभियानले आतंकवादी गतिविधि र राष्ट्रिय सुरक्षाका लागि अहिले चुनौतीपूर्ण समय भएकाले नेपाल पनि सतर्क रहनुपर्ने जनाएका छन् ।

प्रदर्शनमा सहभागीहरूले आतंकवाद र मानवअधिकार उल्लंघनका विरूद्ध सबै देश एकजुट भएर प्रत्यक्ष अडान लिनुपर्ने भन्दै समर्थन जनाएका छन् । शान्तिपूर्ण र एकताबद्ध हुन सन्देश तथा विश्वलाई शान्ति र सुरक्षातर्फ लैजान प्रदर्शन गरिएको अभियानले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *