सुन पसलको ताला काट्दै गर्दा समातिए बालक

पोखरामा चोरी गर्ने उद्देश्यले सुन पसलको ताला काट्दै गर्दा एक जना बालक पक्राउ परेका छन्।

शनिबार राति एक सुन पसलको ताला काट्दाकाट्दै रूपा गाउँपालिकाका १८ वर्षीय बालक पक्राउ परेका हुन्।

राति करिब १२ बजेको समयमा पोखरा महानगरपालिका-९, न्युरोडमा रहेको स्याङ्जा ज्वेलर्स तथा सुनचाँदी पसलको सटरको ताला काट्दै गर्दा ती बालक पक्राउ परेका हुन्।

उनलाई सीभीआर चिप्लेढुंगा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका बालकबाट २ थान हेक्सा ब्लेड र एक थान काटिसकेको ताला बरामद भएको छ।
चोरी उद्योग मुद्दामा उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर