उर्लाबारी आगलागी : थप १ जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो

मोरङको उर्लाबारीमा गत कात्तिक २६ गते लक्ष्मी पूजाको दिन भएको आगलागीको घटनामा घाइते भएका अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ ।

आईसियू कक्षमा उपचारको क्रममा कीर्तिपुर वर्न अस्पतालमा शनिबार बिहान ६८ वर्षीय रुकुमबहादुर कार्कीको मृत्यु भएको हो । योसँगै उर्लाबारी आगलागी घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।

आगलागीमा उनको शरिरको करिब ४० प्रतिशत भाग जलेको थियो ।

यो आगलागी घटनाका २१ जना घाइतेको अहिले पनि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। जसमध्ये आईसीयूमा ५ जना छन्।

आगलागी घटनामा उर्लाबारी–७ का ४२ वर्षीय कुमार तामाङ, सोही ठाउँका ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको यसअघि मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *