नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती टोलीद्वारा ठूलो परिमाणको गाँजा बरामद
१३ भदौ २०७९ १२:०३
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले झन्डै २०४ किलो गाँजा बरामद गरेको छ । सोमबार बिहान १ बजे रौतहटको गौर नगरपालिका–२ बकैया खोला किनारमा सशस्त्र प्रहरी निरीक्षक महेश्वर गिरी र प्रहरी चौकी महादेवपट्टीका प्रहरी सहायक निरीक्षक सुरेश चौधरीको संयुक्त कमाण्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो ।
नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेका नौ जना प्रहरी देख्नेबित्तिकै उक्त सामान छाडेर भागेको सशस्त्रको गौर बीओपीका प्रमुख महेश्वर गिरीले जानकारी दिए । उक्त गाँजा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएकाे प्रहरीले जनाएकाे छ।
प्रतिक्रिया