संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान

सद संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशहरुविरूद्ध उजुरी आह्वान गरेको छ।

शनिवार एक सुचना जारी गर्दै संसदीय सुनुवाइ समितिले शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल, बालकृष्ण ढकालविरूद्ध उजुरी दिन आह्वान गरेको हो। साथै पोर्चुगलका लागि नेपाली राजदूत प्रस्ताव गरिएका शनिल नेपालविरूद्ध पनि उजुरी आह्वान गरिएको छ ।

सुनुवाइ समितिको सूचनामा भनिएको छ, ‘सर्वोच्च अदालतका न्यायाधीशहरूको पदमा देहाय अनुसारका व्यक्तिहरूको नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० (दस) दिनभित्र कार्यालय समयमा निम्न ठेगानामा वा सोझै समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिनुहुन सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,‘।

सूचना दिने सूचना दाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने व्यहोरा समेत सुचना मार्फत उल्लेख गरिएको छ। साथै यस सम्बन्धी सुचना वा उजुरी आएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले उल्लेखित म्यादभित्रै त्यस्ता सुचना वा उजुरीलाई समितिको सचिवालयमा पुग्ने गरि पठाईदिन हुन समेत अनुरोध गरेको छ ।

गत मंगलबार बसेको न्याय परिषद् बैठकले ६ जना न्यायाधीश सिफारिस गरेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *