कतारको अदालतद्धारा मृत्युदण्डको सजाय विरुद्ध भारतीय अपील स्वीकार

कतारको अदालतले भारतीय अपीललाई स्वीकार गरेको छ । जासुसीको मुद्दामा पक्राउ परी मृत्युदण्डको सजाय पाएका भारतीयहरू पूर्व अधिकारीको मुद्दामा कतारले अपील स्वीकार गरेको हो ।

कतारको एक अदालतले कथित जासुसी मुद्दामा गत महिना सजाय पाएका आठ पूर्व भारतीय नौसेना कर्मचारीहरूलाई सुनाइएको मृत्युदण्डको सजाय विरुद्ध भारतको अपील स्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कतारको अदालतले पुनरावेदनलाई हेरेर सुनुवाइको मिति तय गर्ने स्रोतले जनाएको छ ।

अगस्ट २०२२ मा पक्राउ परेका पूर्व भारतीय नौसेना अधिकारीहरू पूर्णन्दु तिवारी, सुगुनाकर पकाला, अमित नागपाल, सञ्जीव गुप्ता, नवतेज सिंह गिल, वीरेन्द्र कुमार वर्मा, सौरभ वशिष्ठ र रागेश गोपकुमार रहेका छन। जसलाइ गत महिना मृत्युदण्ड दिन फैसाला कतारको अदालतले गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर