झापामा मृत भेटिए श्रीमान-श्रीमती

झापाको भद्रपुर नगरपालिक-१ स्थित पृथ्वीनगरमा श्रीमतीको हत्या गरी श्रीमानले झुण्डिएर आत्महत्या गरेका छन् ।

भद्रपुर-१ का ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती जुनिता लिम्बूबीच घरायसी विवादका क्रममा कुटपिट हुँदा जुनिताको मृत्यु भएको र उनको मृत्युपछि सुवासले समेत झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

आज बिहान स्थानीयवासीले उनीहरू मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । ‘दिनहुँ मादक पदार्थ सेवन गरेर श्रीमान-श्रीमतीले झगडा गर्ने गरेको आफन्त र छिमेकीबाट बुझिएको छ,’ उनले भने, ‘सोही विषयमा हिजो राति झगडाका क्रममा कुटपिट हुँदा जुनिताको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।’

प्रनाउ रिजालका अनुसार श्रीमतीको मृत्यु भएपछि सुवासले घरदेखि करिब २० मिटर पर रूखमा झुण्डिएर आत्महत्या गरेको अनुसन्धानका क्रममा देखिएको छ । उनले भने, ‘शव परीक्षणका लागि पठाएका छौंँ । रिपोर्ट आएपछिपछि थप जानकारी आउँछ ।’

सुवासको चप्पलमा श्रीमतीको फोटोसमेत भेटिएको प्रनाउ रिजालले बताए । उनका अनुसार श्रीमान-श्रीमती दुवैले मादक पदार्थ सेवन गर्ने गरेका बुझिएको छ । उनीहरूका तीन छोराछोरी छन् । परीक्षणपछि मृतका दाजुले शव बुझ्ने प्रनाउ रिजालले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *