यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू

सरकारले विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

आजकै बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्विटजरल्याण्ड सरकारले प्रदान गर्ने ४.४६५ मिलियन स्विस फ्रैंक (करिब ६५ करोड रूपैयाँ) अनुदान स्वीकृत गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन्।

त्यस्तै सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा प्राविधिकसहितको चार जना जनशक्ति थप गर्ने निर्णय बैकठले गरेको छ। आयोगले जनशक्ति थप गर्न सरकारसँग माग गरेअनुसारको निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन्।

जन्ममिति कीर्ते प्रकरणमा मुछिएपछि राजीनामा बुझाएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गरेको छ। २०८० कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत गरिएको मन्त्री शर्माले जानकारी दिइन्।

त्यस्तै उर्जासचिव दिनेशकुमार घिमिरेले पनि पदावधि सकिनुभन्दा एक महिनाअगाडि नै दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *