चितवनमा हातखुट्टा बाँधेर बोरामा हालेर फालेको अवस्थामा महिला-पुरूषको शव फेला

भरतपुर महानगरपालिका-१२, मिलनचोकस्थित कलवडमा आज एक पुरूष र एक महिलाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार अन्दाजी ३०-३२ वर्षको उमेरका उनीहरूको शव भेटिएको हो ।

शव दुईवटा बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको हुँदा शंकास्पद भएको उनले बताए । हातखुट्टा बाँधेर बोरामा हालेर फालेको अवस्थामा शव भेटिएको र घटनाको अनुसन्धान सुरू गरिएको प्रवक्ता पण्डितले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *