खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र हस्तान्तरण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई खुम्बु पासाङल्हामु गाउँपालिले ज्ञापन पत्र हस्तान्तरण गरेको छ । शनिबार कालापत्थरमा दीप प्रज्वलन हस्तान्तरण तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको सिलसिलामा खुम्बु पासाङ ल्यामु गाउँपालिका पुगेका प्रधानमन्त्रीलाई गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले उक्त ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा प्रधानमन्त्री लाई स्वागत गर्न पाउँदा आफूहरु एकदमै हर्षित भएको बताउदै उनले पर्यटकिय गन्तव्यको रुपमा परिचित यस ठाउँको सडकको स्तरउन्नति योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरि बजेट विनियोजन गरिदिन आग्रह गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘ हवाइ यातायातको भर पर्नु परेकोले यस क्षेत्रमा यातायातको सहज पहुँचको लागि पालिकाले प्रदेश सरकारसँग सहकार्य गरि पालिका केन्द्रसम्मको सडक ट्रयाक ओपन कार्य द्रुत गतिमा र सगरमाथा क्षेत्र जोड्ने उक्त सडकको स्तरउन्नति योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरि बजेट विनियोजन गरिदिनु तथा जलवायु परिवर्तनको कारण हिमाली भेगमा बस्ने मानिसको जीवनस्तरमा परेको समस्या र चुनौतिलाई समाधान गर्ने अपक्षा लिएको बताईएको छ , साथै खुम्बुबासीले महंगो ढुवानिको कारण खाना पकाउने ईन्धनको महंगीको मार वर्षौंदेखि वेहोर्दै आएकोले यस पालिकामा विद्युतको राष्ट्रिय प्रसारण लाइन जोडि जनजीवनलाई थप सहज बनाउन पहल गरि दिन समेत आग्रह गरिएको छ ।’

गाउँपालिकाले संघ, प्रदेश,र विभिन्न दातृ निकायसँग सहकार्य(समन्वय गर्दै गाउँपालिकालाई समृद्ध बनाउन प्रयासरत रहेको व्यहोरा ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर