आतंकवाद प्रतिरोधबारे सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर गृह मन्त्रालयले गर्‍याे छलफल

गृह मन्त्रालयले चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर आतंकवाद प्रतिरोधबारे छलफल गरेको छ।

आज बिहान सिंहदरबारस्थित मन्त्रालयमा औपचारिक बैठक बोलाएर मन्त्रालयले आतंकवाद प्रतिरोधका लागि आवश्यक तयारीलगायतका विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग रणनीतिक छलफल गरेको हो।

गृहसचिव दिनेश भट्टराईको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराई, नेपाली सेनाका वरिष्ठ अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी थिए।

बैठकमा नेपाली सेनाका रथी सीताराम खड्का, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की महानिर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य उपस्थित थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *