पहिरोकाे जोखिम बस्तीमा साइरन जडान

बाजुराको बुढीगङ्गा नगरपालिका वडा नं –२ को पहिरोको जोखिम बजेडी बस्तीमा पहिरो पूर्व सूचना दिने मेसिन (साइरन) जडान गरिएको छ । यो बस्तीमा बर्खाको समय निरन्तर पहिरो बग्दै गरेकोले यहाँका स्थानीयलाई पहिरो आएको पूर्व जानकारी गर्ने गरी पहिरो पूर्व सूचना दिने मेसिन ९साइरन० जडान गरेको हो ।

पानी परेको समय पहिरो गएर पुर्छ कि भन्ने डर डरैले सधैँ बर्खाका रात काट्दै आएको बूढीगङ्गा नगरपालिका –२ बजेडीका स्थानीय दिनेशराज जैशीले बताए । उनले भने “ अब पहिरोको आएको नआएको कुरा पहिला थाहा हुने गरी गाउँमा पहिरो पूर्व सूचना दिने मेसिन ९साइरन ० जडान भएपछि त्यो डर हटेको छ । ”

बर्खाको समय पहिरोका कारण यहाँका घर पनि बिस्तारै तल सर्ने गर्दछन् । यसरी घर तल सरेपछि कुन रात आफू पनि पहिरोमा पुरिने हो भन्ने मनमा डर हुन्थ्यो । अहिले गाउँमा दुई वटा पहिरो पूर्व सूचना दिने मेसिन ९साइरन० मेसिन जडान गरेपछि पहिरो आएको बेला भागेर ज्यान बचाउने सकिने जैशीले बताए।

२०२२ देखि २०८० सम्म बजेडीका स्थानीयवासी पहिरोकै डरैडरमा रात काट्दै आइरहेका छन् । पहिरोका कारण यहाँका झन्डै ९० घरपरिवार पहिला नै विस्थापित भइसकेका छन् भने १३५ घर परिवार अझैँ पहिरोको उच्च जोखिममा छन् ।

यहाँका स्थानीयले बस्ती स्थानान्तरणका लागि स्थानीय प्रदेश र सङ्घीय सरकारसँग धेरै पटक माग राख्दै आएको भए पनि अहिलेसम्म कतैबाट यो कुराको सुनुवाइ नै भएको छैन् । पहिरोका कारण यहाँको झन्डै सात हजार रोपनी जमिन बगरमा परिणत भएको छ भने अझै पहिरो नरोकिएकोले यहाँका स्थानीयको नै उठीबास हुने अवस्था छ ।

यहाँका स्थानीयलाई पहिरोबाट जोगाउनका लागि नगरपालिका र साहास नेपालको आर्थिक सहयोग र राम लक्षण प्रालिको प्राविधिक सहयोगमा गाउँमा पहिरो पूर्व सूचना दिने मेसिन ९साइन० जडान गरिएको बुढीगङ्गा नगरपालिका वडा नं –२ का वडा सदस्य धर्मराज जैशीले बताए । “यो मेसिनले पहिरो गएको बेला झन्डै एक किलोमिटर टाढासम्म आवाज दिन्छन् । त्यो आवाजले पहिरो गएका बेला यहाँका स्थानीयलाई भाग्न सहज हुन्छ ।” मेसिनले पहिरो आएको बेलामा आवाज दिने गरेपछि यहाँका स्थानीय पहिरोबाट बच्न सक्ने सम्भावना धेरै रहेको वडा सदस्य जैशीले बताए ।

बाजुराका अधिकांश गाउँ बस्ती पछिल्लो समय पहिरोको जोखिममा छन् । ती बस्तीमा पहिरो गएको बेला भाग्न सहज हुने गरी पहिरो पूर्व सूचना दिने मेसिन ९साइरन० जडान गर्न निकै आवश्यक देखिन्छ ।

बाजुरामा यस्तो मेसिन अहिलेसम्म कतै जडान गरिएको छैन । यो बाजुरा जिल्लाकै सबैभन्दा पहिलो साइरन मेसिन जडान गरिएको राम लक्षण प्रालिले जनाएको छ । यो मेसिनले पहिरो आएको बेला झन्डै एक किलोमिटर टाढासम्म आवाज दिने गर्छ । बजेडीका स्थानीयलाई मात्र नभई खप्तड छेडेदह गाउँपालिकाको गुइबनबासीलाई पहिरोबाट सतर्क गर्न सक्ने राम लक्ष्मणले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *