कश्मीरमा बस दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु
२९ कार्तिक २०८० १७:२६
भारत नियन्त्रित कश्मीरमा बुधबार यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।
साथै दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया