भक्तपुरमा लक्ष्मी पूजा गर्ने क्रममा जलेर वृद्धाको मृत्यु

भक्तपुरमा आइतबार लक्ष्मी पूजा गर्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ।

मध्यपुरठिमी नगरपालिका-१, लोकन्थली बस्ने ८३ वर्षीया सावित्रादेवी दाहालको मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर, भक्तपुरका डीएसपी वसन्त पाठकका अनुसार घरको दोस्रो तलाको पूजा कोठामा लक्ष्मी पूजा गर्ने क्रममा उनको कपडामा आगो सल्किँदा मृत्यु भएको हो।

प्रहरीका अनुसार उनले तीन तले घरको दोस्रो तलामा लक्ष्मी पूजा गर्न दियो बालेकी थिइन्।

अचानक दियोको आगो आफैंले लगाएको कपडामा सल्किएको ८५ वर्षीय श्रीमान गुरूप्रसाद दाहालले देखेपछि पानी हालेर निभाउने कोसिस गरेका थिए। तर, आगो ननिभेपछि सावित्रादेवीको घटनास्थलमै मृत्यु भएको हो।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमर्टमका लागि केएमसी दुवाकोट पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *