राष्ट्रपति पौडेलले गरे गाईको पूजा
२७ कार्तिक २०८० १०:२५
राष्ट्रपति रामचन्द्र पौडेलले गाईको पूजा गरेका छन् । राष्ट्रपति पौडेलले शीतल निवासमा आज विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिएका हुन् ।
आज (सोमबार) तिहारको तेस्रो दिन कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ ।
यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ । तिहारको चौथो दिन गोरुपूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ ।
प्रतिक्रिया