जुवातास खेलिरहेको अवस्थामा ७ महिलासहित १६ जना पक्राउ

ललितपुर महानगरपालिका-१४, नक्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन पुरूष पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरूबाट एक लाख तीन हजार चार सय २० रूपैयाँ पनि बरामद गरिएको छ ।

यसैगरी कालीकोटको खाँडाचक्र नगरपालिका-३, ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डेसमेत ६ जना पक्राउ परेका छन् । उनीहरूबाट ३४ हजार एक सय ४० रूपैयाँ बरामद गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

समाचारकक्षका अनुसार चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट विभिन्न किसिमका पटाका बरामद गरिएको छ ।

नेपालगञ्ज र बुटवलबाट काठमाडौँ आएका बसमा निरीक्षण गर्दा विभिन्न प्रकारका पटाका बरामद गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *