राजनीतिप्रति कांग्रेस नेता कोइरालाको असन्तुष्टि : एउटा सोच्यो अर्कै हुन्छ

नेपाली कांग्रेसका नेता सांसद डाक्टर शशांक कोइरालाले, राजनीतिप्रति निराशा व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा लेखक जयबहादुर श्रेष्ठद्धारा लिखित पुस्तक‘जय श्लोकमाला’ लोकार्पण कार्यक्रममा उनले आफूले चिकित्सा क्षेत्रमा जस्तो सन्तुष्टि राजनीतिमा नपाएको बताएका हुन् ।

उनले भने, ‘सेवा गर्नु नै सबै भन्दाठूलो कुरा हो । मैले मेडिकलमा एक लाखजति अपरेसन गरे। जुन सन्तुष्टि मलाई हुन्छ करौडौ पैसा दिएपनि त्यो सन्तुष्टि मिल्दैन । आजकल म राजनीति गर्दै छु । मेडिकल साईन्स हातमा हुन्छ राजनीति त कहिले पनि तपाईको हातमा हुँदैन्। एउटा कुरा सोच्यो अर्कोतिर लाग्छ । ’

लेखक श्रेष्ठद्धारा लिखित पुस्तक ‘जय श्लोकमाला’उनको जीवनीमा आधारित गीतिश्लोक संग्रह हो । लेखक तथा पत्रकार विनोद दाहालले सम्पादन गरेको यो गीतिश्लोक झ्याउरे लयमा रचिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर