नेपाल संवत अब सरकारको दस्तावेजमै लेखिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवत्लाई अब सरकारी दस्तावेजमै लेख्ने परम्पराको सुरुआत गरिने बताएका छन् । नेपाल संवत् ११४४ आउँदै गरेको स्मरण गदैं प्रधानमन्त्री प्रचण्डले आफु पहिलो पटक प्रधानमन्त्री हुँदा राष्ट्रिय दिवस घोषणा गरेको र अब सरकारी दस्तावेजमै नेपाल संवत् लेख्ने तयारी भएको बताएका हुन् ।

पद्मरत्न तुलाधर राष्ट्रिय स्मृति प्रतिष्ठान र पदमरत्न लुमन्ती गुठिद्धारा आज काठमाडौंमा आयोजित तुलाधरको पाचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गदैं प्रधानमन्त्रीले त्यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन् ।

‘पदमरत्न तुलाधरले मलाई नेपाल संवत्लाई राष्ट्रिय संम्वत घोषणा गर्न तर्क सहित कन्भिन्स गर्नुभयो । म पहिलो पटक प्रधानमन्त्री हुँदा पदमरत्न तुलाधरसँग नै बसेर नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरे, अब नेपाल संवत् ११४४ आउँदैछ । अस्ति म कहाँ प्रतिनिधिहरु आउनुभयो – नेपाल संवत्लाई ब्यवहारमा कार्यान्वयन गर्न । पदमरत्न तुलाधरको स्मृतिमा नेपाल संवत्लाई नेपाल सरकारको दस्तावेजमै लेख्ने प्रतिबद्धता ब्यक्त गर्न चाहान्छु ।’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले पदमरत्न तुलाधर आफुसहित सबैको अभिभावक भएको पनि बताए । जनयुद्धको क्रममा र परिवर्तन, रुपान्तरणको आन्दोलनमा साथ दिने र माओवादी आन्दोलनलाई जनताको आन्दोलन हो भन्ने स्थापित गर्न तुलाधरको अतुलनिय योगदान रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

‘सामाजिक रुपान्तरण, सामाजिक न्याय, लोकतन्त्र र शान्ति स्थापनार्थ उहाँ (पदमरत्न)ले महत्वपूर्ण भूमिका खेल्नुभयो । जसकाकारण पनि उहाँ सबैको अभिभावक हुनुहुन्थ्यो । संविधान निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि पदरमरत्न तुलाधरले खेलेको भूमिका सम्मानजनक छ,’ प्रधानमन्त्रीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर