राष्ट्रपतिको युरोप भ्रमण स्थगित

राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले उनको युरोप भ्रमण स्थगित गरिएको हो।

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटलीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो।

तर, गत शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रूकुम पश्चिममा गरी १५३ जनाको मृत्यु र दुई सय जनाभन्दा धेरै घाइते भएपछि राष्ट्रपतिलाई विदेश भ्रमण स्थगित गर्न सार्वजनिक रूपमा दबाब परेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर