जाजरकोटमा सशस्त्र प्रहरीले बनायाे अस्थायी आवास
२० कार्तिक २०८० ९:११
सशस्त्र प्रहरी बल नेपालले भुकम्प पीडितहरुको लागि जाजरकोटका विभिन्न ठाउँमा डिजास्टर रेस्पोन्स सिस्टम (डीआरएस) अन्तर्गत अस्थायी आवास बनाएको छ ।
प्रहरी आइतबार बिहान जाजरकोट र रुकुम पश्चिमका पीडितको लागि तीन वटा डीआरएस कन्टेनर टेन्ट र पाल लिएर त्यसतर्फ गएकाे थियाे ।
डिजास्टर रेस्पोन्स सिस्टम अन्तर्गत एउटा कन्टेनर बराबर १०० जनाको लागि खाना बाहेक सम्पूर्ण बन्दोबस्ती तयार हुन्छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । भूकप्पका कारण यस क्षेत्रका अधिकांश घरहरु पूर्ण रुपमा भत्किएका छन्।
प्रतिक्रिया