
महाभियोग सिफारिस समितिले माग्यो जबराविरुद्धका प्रमाण

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिले जबरााविरूद्धका आरोपबारे प्रमाण मागेको छ।
जबराबाट बयान लिनुअघि शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै समितिले उनीविरुद्धको महाभियोगमा लगाइएका २१ आरोपबारे सरोकारवाला निकाय र व्यक्तिलाई तीन दिनभित्र प्रमाण, कागजात तथा जानकारी उपलब्ध गराउन भनेको हो।
समितिले शुक्रबार प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन यस विषयमा सरोकार राख्ने नियकाय वा व्यक्ति सबैबाट सार्वजनिक सूचना प्रकाशन गरी त्यस्तो प्रमाण, कागजात तथा जानकारी माग गर्ने निर्णय भएकाले सूचना प्रकाशन भएको मितिले तीन दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिनुहुन अनुरोध छ।’
समितिले जबरालाई बयानका लागि भदौ १५ मा बोलाएको छ।
- तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ, न्यायिक आयोगबारे विचार गर्छौं : प्रधानमन्त्री
- सरकारले शिक्षकहरूका माग सम्बोधन गर्छ, उहाँहरू छिटै फर्किनुहुनेछ : प्रधानमन्त्री
- सगरमाथा संवादमा मोदीजी नेपाल आउनुहुन्न, मेरो समय मिले त्यसअघि नै भारत भ्रमण हुनसक्छ : प्रधानमन्त्री
- आदेश्वर मन्दिरमा मलमुत्र छर्कने महिला पक्राउ
प्रतिक्रिया