राहतका लागि प्रयोग हुने जहाजलाई ४ विमानस्थलमा शतप्रतिशत छुट

नेपाल नागरिक उड्डयन प्राधिकरणले चारवटा विमानस्थलमा राहतका लागि प्रयोग हुने वायुयानलाई लिइने शुल्कमा शतप्रतिशत छुट दिएको छ।

प्राधिकरणका अनुसार नेपालगञ्ज, सुर्खेत, रूकुम सल्ले र चौरजहारी विमानस्थलमा राहतका लागि प्रयोग हुने वायुयानले प्राधिकरणलाई बुझाउनुपर्ने सबै प्रकारका शुल्कमा शतप्रतिशत छुट दिने निर्णय भएको हो।

प्राधिकरणका अनुसार राहतमा प्रयोग भएका वायुयानलाई यी विमानस्थलमा बिसान शुल्क, ल्यान्डिङ तथा अन्य शुल्कहरू नलिने निर्णय भएको हो।

प्राधिकरणले भूकम्पपीडितका लागि १ करोड रूपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *