तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरू

नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुनका असर्फी र चाँदीका बिक्री सुरू गरेको छ ।

आइतबारदेखि राष्ट्र बैंक टक्सार महाशाखाले असर्फी र चाँदीका सिक्का बिक्री सुरू गरेको हो ।

चाँदीको सिक्का १० ग्राम र २५ ग्राम र सुनका असर्फी १० ग्राम, ५ ग्राम र २.५ ग्रामको बिक्रीमा ल्याएको केन्द्रीय बैंकले जनाएको छ ।

चाँदीको सिक्का १० ग्रामको मूल्य १६ सय रूपैयाँ र २५ ग्रामको ४ हजार रूपैयाँ रहेको छ । चाँदीको सिक्का १० ग्राममा लक्ष्मी, गणेश, गजलक्ष्मी र गाईको चित्र अंकित छ।

सुनको असर्फी १० ग्रामको १ लाख २ हजार ३६८ रूपैयाँ, ५ ग्रामको ५१ हजार १८३ रूपैयाँ र २.५ ग्रामको २५ हजार ५९२ रूपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । सुनको असर्फीको मूल्य भने हरेक दिन परिमार्जन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *