भूकम्पपीडितलाई सिटिजन्स बैंकको २५ लाख सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोटका भुकम्पपीडितलाई २५ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

शनिबार बैंकले कर्णाली प्रदेश जाजरकोटका भुकम्पपीडितहरूलाई उद्धार तथा उपचारको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगस्वरूप २५ लाख रूपैयाँ प्रदान गरेको हो ।

बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर