माछापुच्छ्रे बैंकको नाफासँगै सेयर आम्दानी बढ्यो

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा धेरै वाणिज्य बैंकहरुको नाफा घटेका बेला माछापुच्छ्रे बैंकको भने २० प्रतिशतले बढेको छ ।

सो बैंकले पहिलो त्रैमासमा ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जवकि गत आर्थिक वर्षको सो अवधिमा ४५ करोड ११ लाख रुपैयाँ बराबर थियो ।

गत आर्थिक वर्षको नाफाबाट १३.३ प्रतिशत बोनस सेयर दिएको बैंकको चुक्ता पुँजी सो अनुपातमा बढेर ११ अर्ब ६२ करोड पुगेको छ ।

बैंकको मुख्य बिजनेस (कर्जा प्रवाह) ३ प्रतिशत बढेर १ खर्ब ३० अर्ब पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६६ पैसा छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी १५. ५३ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *