चिकित्सक टोलीसहित जाजरकोट पुगिन् तोसिमा

प्रतिनिधिसभा सदस्य तोसिमा कार्की स्वास्थ्यका विशेषज्ञ टोली लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ गएकी छन्।

प्रभावित क्षेत्रमा तत्कालै आकस्मिक उपचार गर्ने तयारीसहित जाजरकोट गएके सांसद कार्कीले आफ्नो फेसबुकमा लेखेकी छन्। ‘हामी तत्काल आकस्मिक अपरेसन र उपचार गर्ने तयारी गर्नेछौं,’ उनले भनेकी छन्।

तोसिमाको टोलीमा हाडजोर्नी विशेषज्ञ, अनेष्थेजियोलोजिष्ट, जनरल फिजिसियन, मेडिकल अफिसरसहित उनी स्वयं जनरल सर्जन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरूसहित नेपालगञ्ज हुँदै सुर्खेत पुग्नेछन्। त्यहाँ थप केही डाक्टरहरू भेरीबाट मिसिनेछन् र राहत सामानसहित विशेषज्ञको टोली जाजरकोट जाने सांसद तोसिमाले उल्लेख गरेकी छन्।

तोसिमा लेख्छिन्, ‘केही साथीहरू रोडबाट नै जानुभएको छ्र मेडिकल सामग्रीसहित हामी त्यहीँ नै आकस्मिक अपरेसन र उपचार गर्ने तयारी गर्नेछौं, राहत व्यवस्थापनको लागि पनि ज-जसले जहाँबाट सहयोग गरिरहनुभएको छ, धन्यवाद। यस्तो आपतको घडीमा हामी राजनीतिभन्दा माथि उठेर एकजुट भई सबैले आआफ्नो विज्ञता र स्रोत साधनले सहयोग गरौं।’

 

प्रतिक्रिया

One thought on “चिकित्सक टोलीसहित जाजरकोट पुगिन् तोसिमा

  1. स्याबाश भन्नै करलाग्छ भबिस्य का किरण हरुलाई। हो यो बेलापनि राजनिती गर्न खोज्ने हरुलाई जनता हरुले तल्लो स्तरको सोच रहेका बिल्ला भिराई दिये हुन्छ। सबै देशभक्त हरुले गीता को सिक्लाई मनन गरेर आआफ्नो शक्ति उपयोग गरेर पिडित देशबाशि हरुको उध्हार र सक्ने सहयोग गरौ तेहि नै ठुलो धर्म हुन्छ।
    जय मात्रीभुमी!

Leave a Reply

Your email address will not be published. Required fields are marked *